बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

खाद्य व्यवस्थाले माग्यो विभिन्न तहका लागि आवेदन (सूचनासहित)

शुक्रबार, २७ पुस २०८०, ०६ : ५६
शुक्रबार, २७ पुस २०८०

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै कम्पनीले नवौँदेखि चौथो तहसम्मका  लागि दरखास्त मागेको हो । 

कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ । 

तोकिएको दस्तुर तिरेर माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप