फ्रोसिनोनलाई पराजित गर्दै युभेन्टस सेमिफाइनलमा
काठमाडौँ । युभेन्टस कोपा इटालिया फुटबलमा युभेन्टस सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति फ्रोसिनोनलाई ४–० गोल अन्तरले पराजित गर्दै युभेन्टसले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो हाफमा २ गोल गरेको युभेन्टसले दोस्रो हाफमा अरू २ गोल थपेको थियो ।युभेन्टसका अर्कादिउज क्रिस्टियन मिलिकले ह्याट्रिक गर्दा केनन एल्दिजले १ गोल थपेका थिए ।
मिलिकले ११ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । ३८ औँ मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्टस पहिलो हाफमा २–० को अवस्थामा पुगेको थियो ।
४८ औँ मिनेटमा मिलिकले ह्याट्रिक पूरा गर्दा ३–० ले अघि बढ्यो । ६१ औँ मिनेटमा एल्दिजे गोल गरेपछि युभेन्टस ४–० को सहज जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।
युभेन्टसले सेमिफाइनलमा स्थान पक्का गरेसँगै चार टिमकै टुंगो लागेको छ । कोपा इटालियाको सेमिफाइनलमा फोरिन्टना र एटलान्टा भिड्दा युभेन्टस र लाजियो आमने सामने हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण