एरिकलाई बिदाइ गर्ने तयारीमा रहेको टोट्टनहामले डिफेन्डर ड्रागुसिनलाई भित्र्यायो
काठमाडौँ । प्रभावशाली डिफेन्डर एरिक डियरलाई बिदाइ गर्ने तयारीमा रहेको इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामले उनको स्थानमा रोमानियाका डिफेन्डर राडु ड्रागुसिनलाई भित्राएको छ । टोट्टनहामले इटालियन क्लब जेनोवाबाट २१ वर्षीय ड्रागुसिनलाई २५ लाख पाउण्डमा भित्राएको हो ।
टोट्टनहामका डिफेन्डर एरिक डियर भने जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध हुने भएका छन् । २९ वर्षीय एरिकका लागि बायर्न म्युनिखले ३४ लाख पाउण्ड खर्चिने भएको छ । बुन्डेस लिगा च्याम्पियनमा आबद्ध हुने प्रक्रिया पुरा गर्न रिएक जर्मनी पुगिसकेका छन् ।
एरिक इङ्ल्यान्डको राष्ट्रिय टोलीको सदस्य पनि हुन् । करिब १० वर्ष टोट्टनहाममा बिताएपछि उनी जर्मन क्लबमा आबद्ध हुन लागेका हुन् । उनी सन् २०१४ मा स्पोर्टिङ सीपीबाट टोट्टनहाममा आबद्ध भएका थिए ।
एरिककै स्थानमा टोट्टनहामले ड्रागुसिनलाई भित्राएको हो । जनवरीमा टोट्टनहाममा आबद्ध हुने ड्रागुसिन दोस्रो महत्त्वपूर्ण खेलाडी हुन् । यसअघि यसै महिना टोट्टनहामले जर्मनीका स्ट्राइकर टिमो वेर्नरलाई जर्मन क्लब आरबी लिपजिगबाट भित्राएको थियो ।
रोमानियाको राष्ट्रिय टोलीको प्रभावशाली सदस्य ड्रागुसिनले देशका लागि पनि १३ खेल खेलिसकेका छन् । उनले इटालियन क्लब जेनोवामा भने एक सिजनमात्र बिताए । जेनोवाका लागि उनले २२ खेल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण