नेसपाले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बोलायो
काठमाडौं । नेपाल समाजवादी पार्टी(नेसपा)ले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बोलाएको छ । विधान संशोधन र अनुमोदनको लागि माघ १९ गते केन्द्रीय कार्यकारिणी र २० गते केन्द्रीय समिति बैठक बोलाएको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।
‘विधान संशोधनका लागि केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो । केन्द्रीय समिति बैठकले संशोधित विधान अनुमोदन गर्नेछ’, महासचिव यादवले भने ।
यसअघि मङ्सिर ६ गते बसेको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि वकिल कृष्ण शर्मा र हरिन्द्र यादव रहेको दुई सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा तयार गरिरहेको उनले बताए ।
मस्यौदालाई अन्तिम रूप दिन यादवसहित सहअध्यक्ष गंगा श्रेष्ठ, उपाध्यक्ष हिसिला यमिलाई जिम्मा दिएको छ । मस्यौदामा ३०१ केन्द्रीय समिति प्रस्ताव गरेपनि त्यसलाई घटाउने प्रयास भइरहेको उनले बताए । विधानमा २ अध्यक्षात्मक प्रणालीलाई यथावत् राखिएको यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण