आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेसपाले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बोलायो

शुक्रबार, २७ पुस २०८०, १० : ३२
शुक्रबार, २७ पुस २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टी(नेसपा)ले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बोलाएको छ । विधान संशोधन र अनुमोदनको लागि माघ १९ गते केन्द्रीय कार्यकारिणी र २० गते केन्द्रीय समिति बैठक बोलाएको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।

‘विधान संशोधनका लागि केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो । केन्द्रीय समिति बैठकले संशोधित विधान अनुमोदन गर्नेछ’, महासचिव यादवले भने ।

यसअघि मङ्सिर ६ गते बसेको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि वकिल कृष्ण शर्मा र हरिन्द्र यादव रहेको दुई सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा तयार गरिरहेको उनले बताए ।

मस्यौदालाई अन्तिम रूप  दिन यादवसहित सहअध्यक्ष गंगा श्रेष्ठ, उपाध्यक्ष हिसिला यमिलाई जिम्मा दिएको छ । मस्यौदामा ३०१ केन्द्रीय समिति प्रस्ताव गरेपनि त्यसलाई घटाउने प्रयास भइरहेको उनले बताए । विधानमा २ अध्यक्षात्मक प्रणालीलाई यथावत् राखिएको यादवले जानकारी दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप