७० करोड डलर फुकुवा गर्न आईएमएफले दियो पाकिस्तानलाई अनुमति
शुक्रबार, २७ पुस २०८०, १३ : ३९
कराँची । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानलाई ७० करोड डलर जारी गर्न मन्जुरी दिएको छ । स्ट्यान्डबाई अरेञ्जमेन्ट (एसबीए) कार्यक्रमको पहिलो चरण पूरा गर्दै कोषको कार्यकारी समितिले ७० करोड डलर बराबरको किस्ता फुकुवा गर्ने अनुमति दिएको हो ।
पाकिस्तानको अर्थ मन्त्रालयको सामाजिक सञ्जालमा जारी गरिएको घोषणका अनुसार कोषको कार्यकारी समितिले शुक्रबारको बैठकबाट एसबीए कार्यक्रमको पहिलो समीक्षा गरेको थियो । यसपछि समितिले ७० करोड डलर फुकुवा गर्न अनुमति दिएको हो । नयाँ किस्ता जारी भएपछि यस कार्यक्रमअन्तर्गत पाकिस्तानले पाउने रकम १ अर्ब ९० करोड डलर हुनेछ ।
पहिलो किस्ता अन्तर्गत १ अर्ब २० करोड डलर भने सन् २०२३ को जुलाईमा नै दिइएको थियो । सोही वर्ष जुनमा पाकिस्तान र आईएमएफबीच एसबीए सम्झौतामा हस्ताक्षर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण