बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

७० करोड डलर फुकुवा गर्न आईएमएफले दियो पाकिस्तानलाई अनुमति

शुक्रबार, २७ पुस २०८०, १३ : ३९
शुक्रबार, २७ पुस २०८०

कराँची । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानलाई ७० करोड डलर जारी गर्न मन्जुरी दिएको छ । स्ट्यान्डबाई अरेञ्जमेन्ट (एसबीए) कार्यक्रमको पहिलो चरण पूरा गर्दै कोषको कार्यकारी समितिले ७० करोड डलर बराबरको किस्ता फुकुवा गर्ने अनुमति दिएको हो ।

पाकिस्तानको अर्थ मन्त्रालयको सामाजिक सञ्जालमा जारी गरिएको घोषणका अनुसार कोषको कार्यकारी समितिले शुक्रबारको बैठकबाट एसबीए कार्यक्रमको पहिलो समीक्षा गरेको थियो । यसपछि समितिले ७० करोड डलर फुकुवा गर्न अनुमति दिएको हो । नयाँ किस्ता जारी भएपछि यस कार्यक्रमअन्तर्गत पाकिस्तानले पाउने रकम १ अर्ब ९० करोड डलर हुनेछ ।

पहिलो किस्ता अन्तर्गत १ अर्ब २० करोड डलर भने सन् २०२३ को जुलाईमा नै दिइएको थियो । सोही वर्ष जुनमा पाकिस्तान र आईएमएफबीच एसबीए सम्झौतामा हस्ताक्षर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप