बुटवलमा पृथ्वीनारायण शाहको सालिक अनावरण
बुटवल। पृथ्वी जयन्तीको अवसर पारेर बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । शुक्रवार बुटवल–बेलहिया सडक खण्ड अन्तरगत बुटवल–१० मा स्थापना गरिएको शाहको पूर्ण कदको सालिक अनावरण गरिएको हो ।
सालिक बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको हो । सालिक निर्माणका लागि बुटवल उपमहानगरले १० लाख तथा वडा नम्बर १० ले ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ भने अन्य रकम स्थानीय पृथ्वीचोकबासी र शुभचिन्तकबाट सङ्कलन गरिएको छ । सालिक राप्रपाका स्थानीय नेता रूपसिंह थापा, निलम अधिकारी लगायतको उपस्थितिमा अनावरण गरिएको हो ।
स्थानीय नेता थापाले पछिल्लो समयमा राज्यको नेतृत्वमा पुगेकाहरूले इतिहास मेट्दै जाँदा नयाँ पुस्ता इतिहास जान्नबाट विमुख भएको भन्दै इतिहासबारे जानकारी दिने उद्देश्यले सडक किनारमा सालिक निर्माण गरिएको बताए ।
करिब १७ लाख रुपैयाँको लागतमा मूर्तिकार राजु तुलाधरले उक्त सालिक निर्माण गरेको थापाले जानकारी दिए। ढलोटबाट निर्माण गरिएको उक्त सालिक सात फिट उचाइको रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण