माओवादीको विधान मस्यौदामाथि पूरक प्रस्ताव : पार्टीको नाम फेर्नुपर्ने !
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधानको मस्यौदामाथि पूरक प्रस्ताव पेस भएको छ । केन्द्रीय कार्यालयका अनुसार सो प्रस्ताव पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पेस गरेका हुन् ।
पूरक प्रस्तावमा पार्टीको नाम परिवर्तन गर्नुपर्ने भनिएको छ । पार्टीको नयाँ नाम नेकपा समाजवादी हुनुपर्ने भनिएको छ ।
त्यसैगरी पार्टीको संगठनमा पनि परिवर्तन गर्न आवश्यक रहेको जिकिर गरिएको छ । प्रस्तावमा भनिएको छ, ‘संगठन परम्परागत नभई आजको समस्याहरुको सम्बोधन गर्दै जनतासँग जोडिने खालका संगठनात्मक संरचनाहरू बनाउनु पर्दछ । मुख्य गरी वैचारिक राजनीतिक काम / संगठन सुदृढीकरण, आर्थिक उत्पादन र रोजगारी सँग सम्बन्धित काम / विकास निर्माण सरकार सम्बद्ध काम / सामाजिक सांस्कृतिक रूपान्तरण र सामाजिक न्याय स्थापना, अनुगमन र मूल्याङ्कन को कार्याधिकार र कार्य विभाजन गर्ने नीति विधानमा स्पष्ट हुनु पर्ने, मुख्य गरी स्थानीय कमिटीहरूको लागि ।‘
त्यस्तै केन्द्रीय समितिको बहुपदीय संरचना राख्दा एउटा पद दुई वटा भन्दा बढी हुन नहुने प्रस्ताव गरिएको छ । सोही बहुपदीय संरचना भएको विभिन्न पदहरूको आ-आफ्नो स्पष्ट जिम्मेवारी तोकिएको हुनु पर्ने भनिएको छ ।‘ एउटै जिम्मेवारी भएमा ३ तहको पदहरू हुन नहुने, जस्तै, महासचिव, धेरै वटा उपमहासचिव फेरी सचिव नबनाउने । उक्त पदाधिकारीहरू निर्वाचन प्रक्रियाबाट प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्नेछ,’ प्रस्तावमा भनिएको छ ।
प्रदेश पार्टीमा मुख्य गरी वैचारिक प्रशिक्षण, संगठन निर्माण, सुदृढीकरण, परिचालन, सरकार र सदन सँग सम्बन्धित कामहरू सञ्चालन गर्न कार्य विभाजन गर्ने पनि प्रस्तावमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण