मोन्जाविरुद्ध इन्टर मिलानको शानदार जित
काठमाडौँ । इटालियन सिरीए फुटबलमा शीर्ष स्थानमा रहेको इन्टर मिलानले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले मोन्जाविरुद्ध ५–१ को एकतर्फी गोल गरेको हो । इन्टरलाई जिताउनका लागि हाकान लाउतारो मार्टिनेजले २–२ गोल गर्दा मार्कस थुरामले १ गोल थपेका थिए ।
मोन्जाका लागि मोटियो प्रेसिनाले १ गोल फर्काए । १२ औँ मिनेटमा हाकानले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई अग्रता दिलाए । १४ औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि पहिलो हाफमा इन्टर मिलानले खेल २–० ले आफ्नो पकडमा राखेको थियो । ६० औँ मिनेटमा हाकानले व्यक्तिगत दोस्रो गोल गर्दा ३–०ले अघि बढ्यो ।
६९ औँ मिनेटमा पेनाल्टीमार्फत मोन्जाका प्रेसिनाले गोल फर्काउँदै अन्तर ३–१ मा झारे । ८४ औँ मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेका थिए भने ८८ औँ मिनेटमा थुरामले गोल गरेपछि इन्टर मिलान ५–१ को फराकिलो जित निकाल्न सफल भयो ।
इन्टर मिलान २० खेलबाट ५१ अङ्कका साथ शीर्ष स्थानमा रहँदा मोन्जा २५ अङ्कका साथ ११ औँ स्थानमा छ । सिरी एमा भेरोनाले इम्पोलीलाई २–१ गोल अन्तरले पराजित गर्दा नापोलीले सालेरेन्टिनालाई २–१ कै नतिजाले स्तब्ध बनाएको छ । त्यसैगरी जियोना र टोरिनोले भने गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण