सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक ह्वाट्स एप : सजग रहन आग्रह

आइतबार, २९ पुस २०८०, १२ : ४२
आइतबार, २९ पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ । 

गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ । 

राष्ट्र बैंकले भनेको छ, 'यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ ।'

413458670_2512455998933904_2193272860381490312_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप