गण्डकीले कर्णालीलाई दियो १२३ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको छ । सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाएर एक सय २२ रन बनाएको हो ।
गण्डकी प्रदेशका माथिल्ला पाँच ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अमृत गुरुङ र कमल परियारले सर्वाधिक २१–२१ रन बनाए । अश्विनी राणाले टोलीको खातामा १६ रन थपे । चन्द्र पौडेल १४ रनमा अविजित रहे ।
कप्तान विपिन खत्री १० रन बनाउँदै पभेलियन फर्किए । गण्डकी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अङ्कित न्यौपाने दुई रनमा अविजित रहे । ओपनर ईश्वर क्षेत्री शून्य रनमै आउट भए ।
अर्का ओपनर समीर कँडेल पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । गण्डकी प्रदेशले अतिरिक्त रूपमा २६ रन पायो । गण्डकी प्रदेशका कुनै पनि ब्याट्सम्यानले बनाएको भन्दा यो बढी रन हो । कर्णाली प्रदेशका बलर अनुज चनरा, दिनेश अधिकारी र दीपेन्द्र रावतले दुई–दुई विकेट लिए । रवीन्द्र शाही, दिवान पुन र प्रकाश जैसीले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण