कुरा गर्न सकिने ट्वाइलेट सिट
लस भेगस । यो वर्ष अमेरिकाको लस भेगसमा आयोजित कञ्जुमर इलेक्ट्रिक शो (सीईएस)मा प्लम्बिङ प्रडक्ट बनाउने कम्पनी कोह्लरले एउटा स्मार्ट ट्लाइलेट सिट सार्वजनिक गरेको थियो ।
यसको खुबी के थियो भने प्रयोगकर्ताले योसँग कुराकानी पनि गर्न सक्थे । प्योरवाश ई९३० स्मार्ट बिडेट ट्वाइलेट शिट हो ।
कम्पनीले यसको मूल्य २ हजार १३९ डलर अर्थात् २ लाख ८४ हजार नेपाली रुपैयाँ तोकेको छ । यो ट्वाइलेट सिटमा यति धेरै स्मार्ट फिचर छन् कि तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न ।
यसलाई स्लिम र लो–प्रोफाइल डिजाइनमा व्यक्तिगत सफाईको आवश्यकता हेरेर डिजाइन गरिएको कम्पनीले बताएको छ । बिडेट सिटले मोशन महसुस हुने बित्तिकै कभरलाई स्वतः खोल्ने र बन्द गर्ने गर्छ ।
बिल्ट–इन यूभी लाइट भएको यो सिटमा सेल्फ क्लिनिङ मोड पनि छ । ट्वाइलेट सिटमा बसेर स्मार्ट सिटलाई ह्यान्ड्ज–फ्रि कन्ट्रोल गर्न अलेक्सा र गुगल असिस्टेन्ट प्रयोग गर्न पनि सकिन्छ । यसबाट स्मार्ट ट्वाइलेटलाई कमान्ड दिएर अन र अफ गर्न सकिन्छ । एयर ड्रायरलाई एक्टिभ गर्न सकिन्छ । यसबाट टेम्प्रेचर र प्रेशरलाई पनि एड्जष्ट गर्न सकिन्छ ।
यो ट्वाइलेट सिटमा हिटिङ फिचर पनि छ । यसमा जेन्टलदेखि फुल फोर्सम्म फरक फरक खालको स्प्रे मोड पनि छ । भ्वाइस कमाउन्ड चलाउन नचाहनेका लागि यसमा म्यानुअल रिमोट कन्ट्रोल छ ।
बालबालिकाका लागि यसमा चाइल्ड मोड पनि छ । यसलाई अमेरिकामा कम्पनीले छूट मूल्यमा १ हजार २८९ डलर अर्थात् १ लाख ७१ हजार नेपाली रुपैयाँमा प्रि–अर्डर खुलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण