शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्सेमा उत्साह फर्कियो : ३१ अंकले सूचक बढ्दा झण्डै आधा दर्जन कम्पनीको मूल्यमा सर्किट

आइतबार, २९ पुस २०८०, १५ : २६
आइतबार, २९ पुस २०८०

काठमाडौँ । सेयर बजारमा पुनः उत्साह फर्किएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षापछि केही दिन उचालिएको सेयर बजार त्यसपछि भने सुस्त बनेको थियो । तर, पछिल्लो दिन पुनः नेप्से सूचक ३१ अंकमाथिले बढ्दै २१२० अंकमा उक्लिएको हो । 

आइतबार खुलेको बजारमा २११ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ३३ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ । जसमध्ये ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लि., तेरथुम पावर कम्पनी लि., मध्ये भोटेकोशी जलविद्युत कम्पनी लि. र माथिल्लो मैलुङ खोला जलविद्युत लि.को सेयर मूल्यमा सर्किट लागेको छ भने आज १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेका छन् । 

आज होटल तथा पर्यटन समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । 

३१ अंकमाथिले नेप्से सूचक बढेको यस दिन ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएका छन् । 

nepse

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप