नेप्सेमा उत्साह फर्कियो : ३१ अंकले सूचक बढ्दा झण्डै आधा दर्जन कम्पनीको मूल्यमा सर्किट
काठमाडौँ । सेयर बजारमा पुनः उत्साह फर्किएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षापछि केही दिन उचालिएको सेयर बजार त्यसपछि भने सुस्त बनेको थियो । तर, पछिल्लो दिन पुनः नेप्से सूचक ३१ अंकमाथिले बढ्दै २१२० अंकमा उक्लिएको हो ।
आइतबार खुलेको बजारमा २११ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ३३ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ । जसमध्ये ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लि., तेरथुम पावर कम्पनी लि., मध्ये भोटेकोशी जलविद्युत कम्पनी लि. र माथिल्लो मैलुङ खोला जलविद्युत लि.को सेयर मूल्यमा सर्किट लागेको छ भने आज १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेका छन् ।
आज होटल तथा पर्यटन समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् ।
३१ अंकमाथिले नेप्से सूचक बढेको यस दिन ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण