शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १८ औँ कलेजो प्रत्यारोपण
आइतबार, २९ पुस २०८०, २० : ४४

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रबार र शनिबार लगातार २ वटा कलेजो प्रत्यारोपण भएको छ । हाल सम्म केन्द्रले १८ जनाको कलेजो र ११८१ जनाको मिर्गौला प्रत्यारोपण गरी सकेको प्रेस नोटमार्फत जानकारी दिएको छ ।
वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपणले नियमितता पाए सँगै २०८० सालमा १० जनाको कलेजो र १३८ जनाको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालको भनाइ छ ।
सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण सस्तोमा गुणस्तरीय सेवा दिने गरेको केन्द्रको भनाइ छ । केन्द्रमा जीवित अङ्गदाताबाट र मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान बाट समेत प्रत्यारोपण हुने गरेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन
-
गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान
-
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
-
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेटवार्ता
-
गोर्खा साँझ : कुमा सागर र ख्वप ब्यान्डको दुबईमा पहिलोपटक लाइभ कन्सर्ट