शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १८ औँ कलेजो प्रत्यारोपण
आइतबार, २९ पुस २०८०, २० : ४४
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रबार र शनिबार लगातार २ वटा कलेजो प्रत्यारोपण भएको छ । हाल सम्म केन्द्रले १८ जनाको कलेजो र ११८१ जनाको मिर्गौला प्रत्यारोपण गरी सकेको प्रेस नोटमार्फत जानकारी दिएको छ ।
वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपणले नियमितता पाए सँगै २०८० सालमा १० जनाको कलेजो र १३८ जनाको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालको भनाइ छ ।
सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण सस्तोमा गुणस्तरीय सेवा दिने गरेको केन्द्रको भनाइ छ । केन्द्रमा जीवित अङ्गदाताबाट र मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान बाट समेत प्रत्यारोपण हुने गरेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण