मोहम्मद मुइज्जु सरकारले भन्यो - भारतीय सेनाले मार्च १५ सम्म माल्दिभ्स छोड्नुपर्छ
माले । माल्दिभ्सको मोहम्मद मुइज्जु सरकारले भारतीय सेनालाई मार्च १५ सम्ममा देश छोड्न भनेको छ । राष्ट्रपतिका मुख्य सचिव अब्दुल्लाह नाजिम इब्राहिमले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो सरकारी तथ्याङ्क अनुसार हाल माल्दिभ्समा ८८ भारतीय सैनिक छन् । मोहम्मद मुइज्जुले चुनावी प्रचारका क्रममा ‘इन्डिया आउट’ को नारा दिएका थिए ।
राष्ट्रपति बनेपछि मोहम्मद मुइज्जु सरकारले भारतलाई आफ्ना सेना फिर्ता गर्न भनेको थियो । अब आइतबार अर्थात १४ जनवरीमा मुइज्जु सरकारले भारतीय सेनालाई मार्च १५ सम्ममा माल्दिभ्स छोड्न भनेको छ ।
लक्षद्वीपको मुद्दामा हालै भारत र माल्दिभ्सबीच मतभेद देखिएको थियो । माल्दिभ्स सरकारले प्रधानमन्त्री मोदीको लक्षद्वीप फोटोमा आपत्तिजनक टिप्पणी गर्ने मन्त्रीहरूलाई निलम्बन गरेको थियो।
त्यसपछि केही भारतीय र कम्पनीहरूले माल्दिभ्सलाई बहिष्कार गर्ने कुरा गरेका थिए। मोहम्मद मुइज्जु एक दिनअघि चीनको भ्रमण सकेर माल्दिभ्स फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण