सुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित

खार्तूम । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ ।
सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेसबीचको लडाइँ सुरु भएदेखि सुडानमा ७४ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको मानवीय राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।
गत महिनामा सुडानमा विस्थापित मानिसहरूको सङ्ख्या करिब छ लाख ११ हजारले बढेको छ । विस्थापित हुनेमध्ये धेरैजसो गेजिरा र अन्य राज्यहरूबाट भर्खरै विस्थापित भएका व्यक्ति हुन् ।
बाली उत्पादन क्षेत्रहरूमा एसएएफ र आरएसएफ बिचको लडाइँको विस्तारले मध्य र पूर्वी सुडानमा मानवीय आवश्यकताहरूमा उल्लेखनीय वृद्धि गरेको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।
असुरक्षा, लुटपाट, खराब नेटवर्क र फोनको समस्या, नगदको अभाव, र सीमित प्राविधिक र मानवीय कर्मचारीहरूले सहायताको वितरणलाई असर गरिरहेको राष्ट्र सङ्घीय कार्यालयले जनाएको छ ।
सन् २०२४ को आइतबारसम्म सुडानमा मानवीय आवश्यकता र प्रतिक्रिया योजनाका लागि ३.१ प्रतिशत मात्र छुट्ट्याइएको छ ।
सुडानले १५ अप्रिल २०२४ देखि एसएएफ र आरएसएफबीचको घातक झडपहरू खेपिरहेको छ । युद्धमा अहिलेसम्म बाह्र हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले अनुमान गरेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
-
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'