वैद्य र सर्वहारीलाई गंकी धुस्वाँ-वसुन्धरा पुरस्कार
काठमाडौँ । यसवर्षको धुस्वाँ साय्मि सिर्जना पुरस्कार थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारी र गंकी धुस्वाँ वसुन्धरा पुरस्कार वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ । गंकी धुस्वाँ-वसुन्धरा प्रतिष्ठानले आज आयोजना गरेको समारोहमा जनकवि दुर्गालाल श्रेष्ठले उपन्यासकार सर्वहारी र गायक वैद्यलाई पुरस्कार प्रदान गरे ।
सो अवसरमा जनकवि श्रेष्ठले सम्मानित हुने बहुआयामिक व्यक्तित्वको धनी भएको उल्लेख गर्नुहुँदै चोटिला सिर्जनामा जोड दिन आग्रह गरे । प्रतिष्ठानका अध्यक्ष डा अरुण साय्मीले लेखनको माध्यमबाट मूलतःथारु साहित्यको उन्नयनका लागि निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै हरेक दुई वर्षमा प्रदान गरिने ‘गंकी धुस्वाँ वसुन्धरा पुरस्कार’ यस वर्ष थारू भाषाका उपन्यासकार सर्वहारीलाई प्रदान गरिएको जानकारी दिए ।
त्यस्तै नेपाली साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप गायक वैद्यलाई ‘धुस्वाँ साय्मी वसुन्धरा पुरस्कार प्रदान गरिएको साय्मिले बताए । दुवै पुरस्कार ५० हजार राशिका छन् ।
विसं २०४९ सालमा स्थापित प्रतिष्ठानले लामो समयदेखि उपन्यास तथा कला र सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि धुस्वाँ साय्मी सिर्जना पुरस्कारबाट हरिप्रसाद वैद्य, प्रेमध्वज प्रधान, कृष्ण मानन्धर, दीप श्रेष्ठ, चन्दा श्रेष्ठ, रामेश श्रेष्ठ र गोविन्दलाल सिंह डङ्गोल पुरस्कृत भइसकेका छन् ।
त्यस्तै पारिजात, विजयबहादुर मल्ल, गिरिजाप्रसाद जोशी, डा ध्रुवचन्द्र गौतम, दौलत विक्रम विष्ट, सरुभक्त, रामभरोस कापडी भ्रमर, पद्मावती सिंह, मल्ल के सुन्दर र निलम कार्कीलगायतले गंकी धुस्वाँ वसुन्धरा पुरस्कार प्राप्त गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण