दुई सय अधिक युक्रेनी युद्धबन्दीलाई सजाय सुनाइएको रुसको भनाइ
मस्को । रुसले दुई सयभन्दा धेरै युक्रेनी युद्धबन्दीलाई लामो सजाय सुनाएको सोमबार बताएको छ । क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन कारागारको सजाय पाएका छन् ।
रुससँग अज्ञात सङ्ख्या (हजारौँ मानिन्छ) मा युक्रेनी बन्दी छन् । तीमध्ये धेरैलाई सन् २०२२ मा बन्दरगाह सहर मारिउपोल घेराबन्दीका क्रममा लगिएको थियो । किएभ र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले युद्धबन्दीहरूमाथि मस्कोको परीक्षणहरूलाई अवैध भन्दै निन्दा गरेका छन् ।
“दुई सयभन्दा बढी युक्रेनी सैन्यकर्मीहरूलाई नागरिकको हत्या र युद्धबन्दीहरूसँग दुर्व्यवहार गरेको आरोपमा लामो कारगार सजाय सुनाइएको छ”, रुसको अनुसन्धान समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले सरकारी समाचार आउटलेट आरआइए नोभोस्तीलाई अन्तरवार्ता दिँदै भने ।
उनले ‘उच्चस्तरीय अधिकारीहरू’ सहित युक्रेनी सैन्य कर्मचारीहरूमाथि मस्कोले मुद्दा चलाउने आफ्नो प्रयासलाई ‘जारी राख्ने’ वाचा गरे । धेरै युक्रेनी युद्धबन्दीहरूलाई रुसले कब्जा गरेको पूर्वी युक्रेनमा राखिएको छ भने अन्यलाई रुस लगिएको छ ।
बास्ट्रिकिनले सैनिकहरूलाई रुसमा वा कब्जा गरिएको युक्रेनमा सजाय सुनाइएको थियो भन्नेबारे केही बताए । यद्यपि सरकारी आउटलेट आरटीले अनुसन्धान समितिको स्रोतलाई उद्धृत गर्दै कब्जा गरिएको युक्रेनमा दुई सय ४२ सैनिकलाई सजाय सुनाइएको बताएको छ ।- (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण