धनुषाधाममा एकमहिने मकर मेला सुरु
मङ्गलबार, ०२ माघ २०८०, ०९ : २८

महेन्द्रनगर । धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ ।
धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका स्थानीय नित्यानद मण्डलले बताए ।
त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको स्वंयम्बरमा भगवान् रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहिआएको छ । यहाँ धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम अवस्थित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
-
‘महाभोज’सँग भिड्दै ‘ब्यालेरिना’ र ‘हाउ टु ट्रेन योर ड्रागन’
-
संसद् बैठकअघि आज पनि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
जनताको हातमा राजनीति रह्यो भने लोकतन्त्र खतरामा हुँदैन : हरि शर्मा (भिडियो अन्तर्वार्ता)
-
एकैदिन तोलामा ४२०० रुपैयाँले बढ्यो सुनकाे मूल्य
-
‘ज्योतिनगर पहिरो नियन्त्रण राष्ट्रिय प्राथमिकता बन्नुपर्छ’