लाल सागरमा अमेरिकी जहाजमा हुथी विद्रोहद्वारा मिसाइल प्रहार
इरान समर्थित यमनको सशस्त्र समूह हुथी विद्रोहीले आइतबार लाल सागरमा अमेरिकी कार्गो जहाजमा मिसाइल प्रहार गरेको छ । यस आक्रमणमा ग्रिबल्टार इगल नाम गरेको सो जहाजमा कुनै चोट वा उल्लेख्य क्षति नभएको बताइएको छ । घटनाको समयमा जहाज गल्फ अफ अडेनतिर जाँदै थियो ।
हमासविरुद्धको इजरायली युद्धको विरोध गर्दै हुथीहरुले नोभेम्बरदेखि नै लाल सागर भएर आवतजावत गर्ने कार्गो जहाजमा आक्रमण गरिरहेका छन् । यो हमलालाई अमेरिका र बेलायतले हालै गरेको आक्रमणको जवाफी हमला मानिएको छ । तर, हुथी विद्रोहीले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएका छैनन् ।
इजरायल–हमास युद्धको बिचमा, हुथी विद्रोहीहरूले स्वेज नहरलाई युरोपसँग जोड्ने महत्त्वपूर्ण करिडोरमा एसिया र पश्चिम एसियाबाट तेल र कार्गो जहाजहरूलाई निशाना बनाइरहेका छन् । यसले युद्ध क्षेत्रीय द्वन्द्वमा परिणत हुने खतरा बढाएको छ ।
लाल सागरबाट आएको थियो मिसाइल
क्षेप्यास्त्र रेड सी बन्दरगाह सहर होडेडा नजिकबाट आएको थियो । यो सहर लामो समयदेखि हुथी विद्रोहीहरूको नियन्त्रणमा छ । आक्रमणमा जहाजमा कुनै हताहत वा क्षतिको कुनै रिपोर्ट आएको छैन । हुथी विद्रोही विरुद्धको अमेरिकी नेतृत्वको अभियानमा शुक्रवार २८ स्थानमा हमला गरिएको बताइएको छ । लडाकु विमान, युद्धपोत र पनडुब्बीबाट प्रहार गरिएको क्रुज मिसाइलले ६० भन्दा बढी स्थानलाई निशाना बनाएको थियो । अमेरिकी सेनाले शनिवार पनि हुथी विद्रोहीको राडारमा आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण