शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

टाइगर कप भलिबल : आर्मीको कठिन जीत

मङ्गलबार, ०२ माघ २०८०, १३ : ०३
मङ्गलबार, ०२ माघ २०८०

पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मीले भारतको हरियाणा टिम विरुद्ध कठिन जीत निकालेको छ । मंगलबार भएको प्रतिस्पर्धामा आर्मीले ३–२ को सेटमा हराएको हो । 

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा आर्मीले २५–२२ ले हरायो । दोस्रो सेट २०–२५ र तेस्रो सेट १८–२५ ले हरियाणाले जित्यो । चौथो सेटमा आर्मी लयमा फर्किँदै २५–१७ को जित निकालेर २–२ मा पुर्‍यायो । 

अन्तिम सेटमा १५–१२ को जित निकाल्दै आर्मीले अघिल्लो चरणको यात्रा जीवित राखेको छ । 

फोटोः वसन्त शेर्पा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप