सेयर बजार बुम : ५४ अंकमाथिले नेप्से बढ्दा ८ अर्बको कारोबार
काठमाडौँ । सेयर बजारमा तीव्र उत्साह बढेको छ । घट्दो बैंक ब्याजदर र प्राप्त तरलताका कारण लगानीकर्ताहरु उत्साहित हुँदा बजार बुम–बुम भएको हो ।
मंगलबार सेयर बजार परिसूचक नेप्से एकैदिन ५४.५४ अंकले बढ्दै २ हजार १७५.१७ अंकमा उक्लिएको छ । त्यसो त यस दिन कारोबारमा समेत रेकर्ड राख्दै ८ अर्ब माथिको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचक धनात्मक हुँदा अधिकांश उपसूचक २ प्रतिशत माथिले बढेका छन् । फाइनान्स समूह ४.७५ प्रतिशतले बढेको छ भने इनभेष्टमेन्ट समूह ३.७० प्रतिशतले, हाइड्रोपावर समूह ३.५१ प्रतिशतले र माइक्रोफाइनान्स समूह ३.०२ प्रतिशतले बढेको छ । अरु बाँकी उपसमूह २ प्रतिशत कमले बढेका छन् ।
आज बुटवल पावर कम्पनी लि, युनाइटेड मोदीस हाइड्रोपावर लि, हिमालयन पावर पार्टनर लि, एनआरए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि र नेपाल वेयरहाउजिङ्ग कम्पनी लि.को सेयर मूल्यमा सर्किट लागेको छ भने डेढ दर्जन कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतमाथिले बढेका छन् ।
_834HtbUkdy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण