सुर्खेतको पञ्चपुरीमा एक युवक मृत फेला
मङ्गलबार, ०२ माघ २०८०, १५ : २४

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक जना युवकको शव फेला परेको छ ।
प्रहरीका अनुसार शव फेला परेका युवक पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय भरत बुढा रहेका छन् । उनी घरभन्दा केही टाढा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार भरत सोमबार राति १ बजेतिरको समयमा मृत अवस्थामा फेला परेको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काका अनुसार भरतको शरीरमा चोट लागेको छ ।
हाल घटनास्थलमा प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटेर अनुसन्धान भइरहेको छ ।
‘घटना शंकास्पद छ,’ खड्काले भने, ‘अनुसन्धान भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट
-
इप्पानका प्रतिनिधि र अर्थमन्त्रीबिच भेटवार्ता, विद्युत खरिदमा ‘टेक एण्ड पे’ फिर्ता लिन माग
-
मणिपुरमा फेरि हिंसा, पाँच जिल्लामा इन्टरनेट बन्द, केहीमा निषेधाज्ञा
-
नेपालमा ८७ हजार यौन श्रमिक
-
अध्यागमन विभागमा संसदीय भ्रमण गर्नुपर्ने भन्दै रास्वपा सांसद भण्डारीले दिइन् निवेदन
-
प्रधानमन्त्रीद्वारा त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण (तस्बिरहरू)