बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘आईसी डिजाइनर रनवे’ सिजन–१३ का लागि २४ मोडल छनौट

मङ्गलबार, ०२ माघ २०८०, १६ : ४४
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । १३औँ ‘आईसी डिजाइनर रनवे’का लागि २४ मोडल छानिएका छन् । दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन् ।

अभिनेत्री प्रियङ्का कार्की, अन्तर्राष्ट्रिय मोडल सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाइ सुवाल, मिस्टर नेपाल विजेता समर्पण कार्की, आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी र राजश्री थापा लगायतको निर्णयले मोडल छानेका हुन् । छानिएका मोडल आगामी चैत्र १६ (मार्च २९) गते होटेल याक एन्ड यतिमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्‍याम्पमा प्रस्तुत हुनेछन् ।

‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सोको अबको सिजनमा आइसी कलेजका २०२१ ब्याजका विद्यार्थी डिजाइनरहरूले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रदर्शन हुनेछ ।

शोमा विभिन्न फरक फरक देशका १२ जना अन्तर्राष्ट्रिय मोडलको पनि सहभागिता रहनेछ । फेसन शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ । अहिलेसम्मकै उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’ १३ आफूले प्रस्तुत गर्ने तयारी गरेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए ।

‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप