एसियन कप : ओमानविरुद्ध साउदी अरेबियाको सङ्घर्षपूर्ण जित
काठमाडौँ । एएफसी एसियन कप फुटबलमा साउदी अरेबियाले नाटकीय जित निकालेको छ । कतारमा जारी प्रतियोगितामा साउदीले ओमानविरुद्ध २–१ गोल अन्तरको जित निकालेको हो । मंगलबार रातिको खेल बराबरीतर्फ उन्मुख रहेका बेला दोस्रो हाफको अतिरिक्त समयमा साउदीले निर्णायक गोल गरेको थियो ।
१४ औँ मिनेटमा ओमानले पेनाल्टीमार्फत अग्रता लिएको थियो । ओमानका लागि सलाह सइद याहयाले पेनाल्टीमा गोल गरेका हुन् ।
विश्वकप फुटबलमा अर्जेन्टिनालाई पराजित गर्दै सनसनी मच्चाएको साउदीले एसिया कपमा पनि दोस्रो हाफको अन्त्यतिर पुनरागमन गर्न सफल भयो ।
७८ औँ मिनेटमा अब्दुल रहमान अब्दुल्ला अजीबले गोल गर्दै साउदीलाई एक एकको बराबरीमा ल्याएका थिए ।
अली हादी मुहम्मद बोलेटले दोस्रो हाफको अतिरिक्त छैटौँ मिनेटमा गोल गर्दै अन्त्यमा साउदीलाई २–१ को जित दिलाए ।
समूह एफमा ३ अंक जोडेको साउदी दोस्रो स्थानमा रहेको छ । यही समूहमा रहको थाइल्याण्डले किर्गिस्तानलाई पराजित गर्दै शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण