मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

६ दिनमा बजेटको तेब्बर कमायो यो फिल्मले

बुधबार, ०३ माघ २०८०, ११ : ४४
बुधबार, ०३ माघ २०८०

नयाँ दिल्ली । भारतको बक्स अफिसमा यतिबेला दक्षिण भारतीय फिल्मको वचर्श्व छ । नयाँ वर्षको १७ औँ दिन हो आज । यी दिनमा बक्स अफिसमा दक्षिण भारतीय फिल्मको बोलवाला देखिएको छ । तेजा सज्जाको पौराणिक फिल्म हनुमान, गुंटूर कारम, क्याप्टन मिलर आदि फिल्म रिलिज भएका छन् । यी सबै फिल्म हल्ला खल्ला र प्रोमोशनको बिचमा रिलिज भएका थिए । हनुमानपछि जनवरी १३ मा सैंधव र १४ जनवरीमा ना सामी रंगा रिलिज भयो ।

बक्स अफिसमा यी फिल्मको कमाई जारी छ । यसैबीच अर्को एउटा क्राइम ड्रामा फिल्म रिलिज भएको थियो । यो फिल्मले मेकरहरुलाई नाफाको बाढी नै ल्याइदिएको छ । फिल्मले ६ दिनमै बजेटको ३ गुणाभन्दा धेरै कमाइ गरिसकेको छ । यो फिल्म हो अब्राहम ओजलर । फिल्म ११ जनवरीमा रिलिज भएको थियो । यो मलयाली फिल्मले भारतमा मात्रै नभएर विदेशमा पनि दर्शकको खुब माया पाइरहेको छ । फिल्मको निर्देशन मिधुन मेनुअल थमसले गरेका हुन् । फिल्ममा जयराम, अनस्वर राजन, अर्जुन अशोकन, अनुप मेनन र सिद्दीकी छन् ।

फिल्मले पहिलो दिनमा २ करोड ८० लाख भारु कमाएको थियो । दोस्रो र तेस्रो दिनमा २ करोड १५ लाख र २ करोड ७० लाख कमायो । चौथो र पाँचौं दिनमा फिल्मको कमाई क्रमशः ३ करोड र १ करोड २० लाख पुग्यो । छैठो दिनमा ८५ लाख भारु कलेक्सन पछि भारतमा फिल्मको कूल कमाई १२ करोड ७० लाख पुगेको छ । विश्वभर कलेक्सन २२ अर्ब ५५ करोड भारुसम्म पुगेको छ । यो कमाई फिल्मको बजेटभन्दा ३ गुणाभन्दा धेरै हो । फिल्मको बजेट ६ करोड मात्रै थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप