प्रधानमन्त्री कप क्रिकेट : बागमतीका बलरसामु निरीह बने आर्मीका ब्याट्सम्यान
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा बागमती प्रदेशसामु त्रिभुवन आर्मी क्लबका ब्याट्सम्यानहरु निरीह बनेका छन् । आर्मीले बागमती प्रदेशलाई जितका लागि केवल ९८ रनको झिनो लक्ष्य दिएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले २७.१ ओभरमा अलआउट हुनुअघि ९७ रनमात्र बनाउन सक्यो । आर्मी क्लबका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए ।
भीम सार्कीले टोलीको खातामा १८ रन थपे । तल्लो क्रमका ब्याट्सम्यान विवेक यादवले अविजित ११ रन जोडे । ओपनर इमरान शेख पाँच र सन्तोष कार्की नौ रनमै पेभेलियन फर्किएका थिए । दुई अनुभवी खेलाडी सोमपाल कामी र कुशल मल्लले त खातासम्म खोल्न सकेनन् ।
बागमती प्रदेशका बलर सूर्य तामाङ एक्लैले पाँच विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै केवल २६ रन खर्चिएका थिए । रिजन ढकाल र प्रतिश जीसीले पनि दुई–दुई विकेट हात पारे । कृजन गुरुङले पनि एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण