प्रधानमन्त्री कप क्रिकेट : बलियो आर्मीमाथि बागमतीको रोमाञ्चक जित
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले हराएको छ । जारी प्रतियोगितामा आफ्नो चौथो खेल खेलेको बागमती प्रदेशको यो दोस्रो जित हो ।
दुई खेलमा भने बागमती प्रदेश पराजित भएको थियो । दोस्रो खेल खेलेको आर्मी क्लबको भने यो पहिलो हार हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा आर्मी क्लबले मधेस प्रदेशलाई एक सय २६ रनले हराएको थियो ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले निर्धारित ४३ मध्ये २७.१ ओभरमै अलआउट हुनुअघि ९७ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने २२.१ ओभरमै सात विकेट गुमाएर एक सय तीन रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
बागमती प्रदेशको जितमा आकाश पौडेलले २१ रनको योगदान गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान अशोकले ३० बलमा एक छक्का र दुई चौका पनि हिर्काए । तल्लोक्रमका ब्याट्सम्यान प्रतिश जिसीले पनि टोलीको खातामा अविजित २१ रन थपे । उनले २४ बलमा एक छक्का र एक चौका हिर्काए ।
यसैगरी विपिन आचार्यले १० रन बनाए । विकेटकिपर ब्याट्सम्यान रोविन जोशीले १२ रन बटुलेका थिए । ओपनर ब्याट्सम्यान ईशान पाण्डेले पनि टोलीको खातामा १२ रन थपेका थिए । कप्तान रित गौतम भने चार रन बनाउँदै पभेलियन फर्किएका थिए ।
बागमती प्रदेशले अतिरिक्त रूपमा पनि १४ रन पाएको थियो । आर्मी क्लबका बलर सोमपाल कामीले तीन विकेट लिए । उनले सात ओभरमा एक मेडन राख्दै २६ रन खर्चिए । साहब आलम र जितेन्द्र मुखियाले पनि दुई–दुई विकेट लिए ।
त्यसअघि आर्मी क्लबका तीन ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सकेका थिए । कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ४० बलको सामना गरी चार चौका हिर्काएका थिए ।
भीम सार्कीले टोलीको खातामा १८ रन थपे । तल्लोक्रमका ब्याट्सम्यान विवेक यादवले अविजित ११ रन जोडे । ओपनर इमरान शेख पाँच र सन्तोष कार्की नौ रनमै पभेलियन फर्किएका थिए । दुई अनुभवी खेलाडी सोमपाल कामी र कुशल मल्लले त खातासम्म खोल्न सकेनन् ।
बागमती प्रदेशका बलर सूर्य तामाङ एक्लैले पाँच विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै केवल २६ रन खर्चिएका थिए । रिजन ढकाल र प्रतिश जिसीले पनि दुई–दुई विकेट हात पारे । कृजन गुरुङले पनि एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण