सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

नेप्सेमा पौने १० अर्बको कारोबार, सूचक १२ अंकले घट्यो

बुधबार, ०३ माघ २०८०, १५ : ४४
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । सेयर बजारमा आज बुधबार दोस्रो दिन पनि उच्च कारोबार भएको छ । तीव्र उतारचढावका बिच आज नेप्से सूचक २२ सय अंकमा पुगेर फर्किएपनि कारोबार भने पौने १० अर्बको भएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२.१० अंकले घट्दै २१६३.०६ अंकमा ओर्लिएको छ । तर, यता कारोबार भने अघिल्लो दिनको भन्दा बढी ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको ३ करोड ३५ लाख २५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

अघिल्लो दिन ५४ अंकले नेप्से सूचक बढेको दिन ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर कारोबार थियो । 

आज बैंकिङ, डेभलपमेन्ट बैंक, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । १८० वटा कम्पनीको सेयर मूल्य घट्दा आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र नेपाल वेयरहाजिङ्ग कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्य आज पनि ९.९९ प्रतिशतले बढेको छ । 

तर यता इस्टन हाइड्रोपावर लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य भने आज १० प्रतिशतले घट्न पुगेको छ । 

nepse-3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप