नेप्सेमा पौने १० अर्बको कारोबार, सूचक १२ अंकले घट्यो
काठमाडौँ । सेयर बजारमा आज बुधबार दोस्रो दिन पनि उच्च कारोबार भएको छ । तीव्र उतारचढावका बिच आज नेप्से सूचक २२ सय अंकमा पुगेर फर्किएपनि कारोबार भने पौने १० अर्बको भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२.१० अंकले घट्दै २१६३.०६ अंकमा ओर्लिएको छ । तर, यता कारोबार भने अघिल्लो दिनको भन्दा बढी ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको ३ करोड ३५ लाख २५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
अघिल्लो दिन ५४ अंकले नेप्से सूचक बढेको दिन ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर कारोबार थियो ।
आज बैंकिङ, डेभलपमेन्ट बैंक, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । १८० वटा कम्पनीको सेयर मूल्य घट्दा आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र नेपाल वेयरहाजिङ्ग कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्य आज पनि ९.९९ प्रतिशतले बढेको छ ।
तर यता इस्टन हाइड्रोपावर लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य भने आज १० प्रतिशतले घट्न पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण