च्याउ उत्पादक व्यवसायीमाथि दिनदहाडै साङ्घातिक हमला
बुधबार, ०३ माघ २०८०, १७ : ४४
काठमाडौँ । दाङका च्याउ उत्पादक व्यवसायी किसान सन्तोष घिमिरेमाथि दिनदहाडै साङ्घातिक हमला गरी अङ्गभङ्ग बनाएको विषयप्रति अखिल नेपाल किसान महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । किसानमाथि गरिएको आक्रमणले कृषि पेसा तथा व्यवसायलाई नै निरुत्साहित हुने भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।
दाङको तुलसीपुर नगरपालिका वडा नं. १२ मा च्याउ खेती गर्दै आएका व्यावसायिक किसानमाथि माघ १ गते दिनदहाडै हमला भएको थियो । घिमिरेलाई आक्रमण तथा कुटपिट गरी अङ्गभङ्ग पार्नेलाई यथाशीघ्र गिरफ्तार गरी कानुनी कारबाही गर्न, घाइते घिमिरेको उपचारको यथोचित प्रबन्ध मिलाउन र च्याउ उत्पादनका लागि निर्माण गरिएका भौतिक संरचनाहरूमा तोडफोड गरी क्षति पुर्याएकोमा त्यसको क्षतिपूर्ति भराउन महासंघले ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।
_jrMnFGs3tY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण