सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राखेपले पेस्की तथा बेरुजु फर्स्यौटका लागि कडा नीति अख्तियार गर्ने

बुधबार, ०३ माघ २०८०, २१ : १५
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेस्की तथा बेरुजु फर्स्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ । राखेपले गठन गरेको पेस्की तथा बेरुजू फर्स्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताए ।

कार्यदलले बुधबार प्रतिवेदन बुझाउँदै पेस्की बाँकी रहेको संस्थाहरूलाई अनुदान रोक्नका लागि सुझाव दिएको छ । यस्तै वैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताए । विभिन्न राष्ट्रिय संघहरुका नाममा निकै ठुलो अङ्कमा पेस्की रहेको भन्दै कार्यदलले फर्स्यौट नगर्ने संघ, कर्मचारी तथा पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउनु अनिवार्य हुने उल्लेख गरिएको छ ।

यस्तै आर्थिक प्रशासन शाखाले पनि बेरुजु कम गराउनेतर्फ कर्मचारीहरूलाई आर्थिक कारोबार सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न समेत सुझाव दिएको कार्यदलका सचिव कुमार बस्नेतले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप