राखेपले पेस्की तथा बेरुजु फर्स्यौटका लागि कडा नीति अख्तियार गर्ने
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेस्की तथा बेरुजु फर्स्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ । राखेपले गठन गरेको पेस्की तथा बेरुजू फर्स्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताए ।
कार्यदलले बुधबार प्रतिवेदन बुझाउँदै पेस्की बाँकी रहेको संस्थाहरूलाई अनुदान रोक्नका लागि सुझाव दिएको छ । यस्तै वैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताए । विभिन्न राष्ट्रिय संघहरुका नाममा निकै ठुलो अङ्कमा पेस्की रहेको भन्दै कार्यदलले फर्स्यौट नगर्ने संघ, कर्मचारी तथा पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउनु अनिवार्य हुने उल्लेख गरिएको छ ।
यस्तै आर्थिक प्रशासन शाखाले पनि बेरुजु कम गराउनेतर्फ कर्मचारीहरूलाई आर्थिक कारोबार सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न समेत सुझाव दिएको कार्यदलका सचिव कुमार बस्नेतले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण