१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ
बुधबार, ०३ माघ २०८०, २१ : २१

काठमाडौँ । १५ लाख घुससहित अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो।
उनलाई घुस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला
-
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)
-
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला
-
सीएसआईटीका विद्यार्थीले भोगिरहेको समस्या समाधान गर्न माग
-
अवैध आप्रवासीको डिपोर्टेसन तीव्र पार्न ट्रम्पको निर्देशन
-
अलग भए कुशल र शिवांगी