सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठक

५० अर्ब बढी लागत रहेका आयोजनालाई मात्र राष्ट्रिय गौरवका आयोजनामा समेटिने

हुलाकी राजमार्गमा पुल र रेखांकनको समस्या छ : मन्त्री ज्वाला
बिहीबार, ०४ माघ २०८०, ११ : ३२
बिहीबार, ०४ माघ २०८०

काठमाडाैँ । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले ५० अर्ब बढी लागत भएका आयोजनालाई मात्र राष्ट्रिय गौरका आयोजनामा समेटिने बताएका छन् । संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री ज्वालाले राष्ट्रिय गौरवका आयोजनामा बहुवर्षीय ठेक्का मापदण्ड पारित गरेर कार्यान्वयनमा ल्याइएको जानकारी दिँदै बहुबर्षीय ठेक्का अन्तर्गत छुट्टै ऐन बनाएर जान सके ती योजनाहरू समयमै सम्पन्न गर्न सकिने बताए ।

‘५० अर्ब माथिका लागत भएका आयोजनालाई  भएकालाई मात्र गौरका आयोजनामा समेटिन्छ’, मन्त्री ज्वालाको भनाइ छ । उनले पुरानो सार्वजनिक खरिद ऐन अनुसार चल्नुपर्दा समस्या परेको भन्दै ३५ दिने झन्झट हटाउन ऐनको ड्राफ्ट तयार भएर मन्त्रिपरिषदमा पुगेको बताए ।

‘प्रशासनिक नेतृत्व दुई वर्षसम्म आयोजना प्रमुख रहने नियमको कार्यान्वयन गरेका छौँ । मूल्यांकनको विषयमा राम्रो डिभिजन प्रमुख र आयोजना प्रमुखलाई पुरस्कृत गरेका छौ’, उनले भने, ‘हचुवाको भरमा आयोजना छनोट भएका छन् । प्रधानमन्त्रीले पनि यी आयोजनाको पुनर्मूल्यांकन हुने बताउनुभएको छ ।’

मन्त्री ज्वालाले उत्तर दक्षिण कोरिडोरमा तीनवटा करिडोर रहेको जानकारी दिँदै रेल्वे विभागको डिजीसहितको प्राविधिक टिम लगेर पुनः सर्भे गरिने बताए । ‘हुलाकी राजमार्गमा पुल र रेखांकनको समस्या छ । कपिलवस्तुमा जङ्गल छेडेर जाने कि कताबाट बटो लैलाने भन्ने समस्या छ’, मन्त्री ज्वालाको भनाइ छ ।

उनले पुष्पलाल मध्यपहाडी लोक मार्गको अनुगमन गर्ने तयारी भइरहेको र चाँडै टुंगोमा पुग्ने जानकारी दिए । कालिगण्डकी कोरिडोरमा दुईवटा कार्यालयमार्फत हुने भुक्तानीमा समस्या रहेको तथा कोशी कोरिडोरमा बजेट कम भएको भन्दै उनले पछिल्लो समय त्यहाँ ३ अर्बको बजेट सुनिश्चितता गरेको बताए ।

उनले सेनाको सहयोग लिएर भए पनि हुम्लाको सदरमुकाम सिमिकोटसम्म सडक बनाएर मोटर लैजाने योजना रहेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप