आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले इरानबाट राजदूत फिर्ता बोलायो

बिहीबार, ०४ माघ २०८०, १७ : ३४
बिहीबार, ०४ माघ २०८०

एजेन्सी । पाकिस्तानी विदेश मन्त्रालयले इरानबाट आफ्नो राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।  इरानद्वारा पाकिस्तानको सार्वभौमसत्ताको अवास्तविक र स्पष्ट उल्लङ्घन अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको उल्लङ्घन भएको भन्दै आफ्नो राजदुत फिर्ता बोलाएको बताएको हो ।

यसअघि मंगलबार इरानले पाकिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गर्दै मिसाइल आक्रमण गरेका कारण दुई पाकिस्तानी बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताएको थियो । पाकिस्तानमा रहेको जैश अल–जुल्म आतंकवादी समूहका दुई महत्वपूर्ण अड्डाहरू मिसाइल र ड्रोन हमलामा ध्वस्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप