पल भल्टका पूर्वविश्व च्याम्पियन बार्बरको २९ वर्षको उमेरमा निधन
काठमाडौँ । विश्व पोल भल्टका पूर्वच्याम्पियन सावन बार्बरको २९ वर्षको उमेरमा निधन भएको छ । उनका प्रतिनिधि पल डोयलले पनि बार्बरको निधन टेक्सासमा भएको समाचारको पुष्टि गरेका छन् । उनको निधनको कारण भने समाचारमा खुलाइएको छैन ।
बार्बरले सन् २०१५ मा चीनको बेइजिङमा सम्पन्न एथलेटिक्सको विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । सोही वर्ष उनले पान अमेरिकन खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक हात पारेका थिए । सन् २०१६ को रियो ओलम्पिकमा भने उनी आफ्नो स्पर्धामा १०औँ भएका थिए ।
उनले सन् २०१६ को जनवरीमा आफ्नो खेलजीवनकै उत्कृष्ट प्रदर्शन (६ मिटर) गरेका थिए । उनको त्यो प्रदर्शन कुनै पनि क्यानेडियन खेलाडीले गरेको हालसम्मकै उत्कृष्ट प्रदर्शन पनि हो । ‘विश्व खेलकुदका प्रभावशाली खेलाडीलाई निकै कम उमेरमा गुमाउनु पर्दा हामी मर्माहत भएका छौं,’ उनका प्रतिनिधि डोयलले भनेका छन् । बार्बरले क्यानडा र अमेरिका दुबै देशको नागरिकता लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण