पल भल्टका पूर्वविश्व च्याम्पियन बार्बरको २९ वर्षको उमेरमा निधन

काठमाडौँ । विश्व पोल भल्टका पूर्वच्याम्पियन सावन बार्बरको २९ वर्षको उमेरमा निधन भएको छ । उनका प्रतिनिधि पल डोयलले पनि बार्बरको निधन टेक्सासमा भएको समाचारको पुष्टि गरेका छन् । उनको निधनको कारण भने समाचारमा खुलाइएको छैन ।
बार्बरले सन् २०१५ मा चीनको बेइजिङमा सम्पन्न एथलेटिक्सको विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । सोही वर्ष उनले पान अमेरिकन खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक हात पारेका थिए । सन् २०१६ को रियो ओलम्पिकमा भने उनी आफ्नो स्पर्धामा १०औँ भएका थिए ।
उनले सन् २०१६ को जनवरीमा आफ्नो खेलजीवनकै उत्कृष्ट प्रदर्शन (६ मिटर) गरेका थिए । उनको त्यो प्रदर्शन कुनै पनि क्यानेडियन खेलाडीले गरेको हालसम्मकै उत्कृष्ट प्रदर्शन पनि हो । ‘विश्व खेलकुदका प्रभावशाली खेलाडीलाई निकै कम उमेरमा गुमाउनु पर्दा हामी मर्माहत भएका छौं,’ उनका प्रतिनिधि डोयलले भनेका छन् । बार्बरले क्यानडा र अमेरिका दुबै देशको नागरिकता लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता
-
सप्तकोशीमा डल्फिन गणना सुरु
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते