राम मन्दिरको प्राण प्रतिष्ठाका दिन कपिलवस्तुका २ पालिकामा बिदा
शुक्रबार, ०५ माघ २०८०, २१ : १८
बुटवल । भारतको अयोध्यामा राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठा हुने दिन कपिलवस्तुका २ पालिकामा बिदा दिइएको छ । जिल्लाको सुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै यही माघ ८ राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठाका दिन बिदा दिइएको जानकारी दिएका हुन् ।
सुद्धोधन गाउँपालिकाका प्रमुख कमलेश चौधरी र कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले जारी गरेको सूचनामा उक्त दिन पशुपक्षीको बध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको उल्लेख छ ।
नेपाली चेली सिताको विवाह भगवान् रामसँग भएकाले आफूहरुले स्थानीय बिदा दिइएको गाउँपालिका प्रमुख चौधरीले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण