राम मन्दिरको प्राण प्रतिष्ठाका दिन कपिलवस्तुका २ पालिकामा बिदा
शुक्रबार, ०५ माघ २०८०, २१ : १८
बुटवल । भारतको अयोध्यामा राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठा हुने दिन कपिलवस्तुका २ पालिकामा बिदा दिइएको छ । जिल्लाको सुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै यही माघ ८ राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठाका दिन बिदा दिइएको जानकारी दिएका हुन् ।
सुद्धोधन गाउँपालिकाका प्रमुख कमलेश चौधरी र कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले जारी गरेको सूचनामा उक्त दिन पशुपक्षीको बध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको उल्लेख छ ।
नेपाली चेली सिताको विवाह भगवान् रामसँग भएकाले आफूहरुले स्थानीय बिदा दिइएको गाउँपालिका प्रमुख चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ