रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जाको विषय : डा. भट्टराई
शनिबार, ०६ माघ २०८०, ०८ : १३
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको बताएका छन् ।
आज सामाजिक सञ्जालमा डा. भट्टराईले भनेका छन्–'रोजगारीको खोजीमा हाम्रा युवाहरू रुस-यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको सङ्ख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठुलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो ।'
'सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नू अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक–सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन' डा भट्टराईले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण