फेमिस सिस्टमका लागि विभागले सरकारसँग माग्यो झण्डै १० करोड
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधारका लागि सरकारसँग आवश्यक बजेट माग गरेको छ। विभागका महानिर्देशक डण्डुराज घिमिरेले अनलाइन प्रणाली व्यवस्थापनका लागि सरकारसँग झण्डै १० करोड रूपैयाँ माग गरेको हो।
फेमिसको अपग्रेड गर्नका लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रूपैयाँ खर्च गर्नेगरी बजेटको व्यवस्थापन गरेको थियो । श्रमिकको पैसा अर्को काममा खर्च गर्न नपाउने भन्दै चौतर्फी विरोध भएको थियो। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो । र आयोगले बोर्डको पैसा खर्च नगर्न निर्देशन दिएको थियो। आयोगले पनि बोर्डको पैसा खर्च नगर्न भनेको, चौतर्फी विरोध समेत भएपछि विभागले उक्त कार्यका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको हो।
श्रम मन्त्रालयमार्फत हुँदै अर्थ मन्त्रालयसँग ९ करोड ६० लाख रूपैया माग गरिएको महानिर्देशक घिमिरेले बताए। 'अहिलेको फेमिस सिस्टमले काम गर्न सकिने अवस्था छैन। डट नेटको समयमा विकास भएको सिस्टम हो । यसको प्यारालल सिस्टम नभई हुदैन। फेमिस वैदेशिक रोजगारको मुटु हो। यो भएन भने केही काम हुदैन । त्यसैले यसलाई जसरी पनि बनाउनै पर्छ।' महानिर्देशक घिमिरेले भने।
सरकारले बजेट उपलब्ध गराए यो वर्षभित्र नै टेण्डर प्रकृयामा जाने उनको भनाइ छ। पैसा नभएको खण्डमा टेण्डर गर्न नपाउने कानूनी व्यवस्था रहेको भन्दै सरकारले माग गरेको बजेट उपलब्ध गराएपछि मात्रै टेण्डर प्रकृयामा जाने बताए।
विभागले यसअघि नै फेमिसका लागि श्रम मन्त्रालयमार्फत सरकारसँग बजेट माग गरेको थियो। तर, अर्थ मन्त्रालयले यो वर्षको बजेटमा नराखेपछि बोर्डको पैसा खर्च गरेर फेमिस बनाउने निर्णय गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
-
सुनिता डङ्गोल इजरायल प्रस्थान
-
अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्यान्ड पुगे जेडी भान्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण