राम मन्दिरको प्राण प्रतिष्ठा : पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव केसी भारत प्रस्थान
काठमाडौँ । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन पशुपति क्षेत्र विकास कोषको तर्फबाट सदस्य सचिव राजु केसी भारत प्रस्थान गरेका छन् । उनी शनिवार बिहान भारत प्रस्थान गरेका हुन् ।
भगवान् रामको जन्मभूमि अयोध्यामा निर्माण भएको राम मन्दिरको २२ जनवरीमा प्राण प्रतिष्ठा समारोहको आयोजना गरिएको हो ।
सो समारोहका लागि प्राण प्रतिष्ठा कार्यालयबाट भारत र विश्वभरका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हुने उक्त कार्यक्रममा साधु, सन्त, महन्त, भारतीय उद्योगपति, बलिउडकर्मीदेखि कलाकारहरूलाई आमन्त्रण गरिएको हो । सोही कार्यक्रममा विशिष्ट पाहुनाको रूपमै केसीलाई बोलाइएको बताइएको छ । पशुपति क्षेत्रविकास कोषका लागि धर्माचार्य–बाहन पास जारी भएको बताइएको छ । राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा पशुपतिनाथका प्रतिनिधिलाई भारतीय पक्षले उच्च महत्त्व दिँदै विशिष्ट पाहुनाको रुपमा निम्ता दिँदै भारतले दुई देशबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई स्थान दिएको हो ।
सत्तारुढ भारतीय जनता पार्टीले सो कार्यक्रमलाई आफ्नै प्रतिष्ठासँग जोडेर भव्य बनाउन खोजिरहेको कतिपयले टिप्पणी समेत गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण