सांसद चौधरीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
सुनसरी । पुस माघको कठ्याङ्ग्रिँदो शीतलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगवती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृह जिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शीतलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् ।
सांसद चौधरीले शुक्रबार बर्जु वडा नं. ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी हुन् । नेकपा एमाले बर्जु वडा नं. ४ को भेला समेत रहेको कार्यक्रममा बोल्दै चौधरीले समाज रूपान्तरण र समाजमा व्याप्त गरिबी, असमानता र विभेद गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको बताउँदै तराईका जनता शीतलहरबाट आक्रान्त भइरहँदा राज्यले नदेख्नु दुर्भाग्य भएको बताइन् ।
सो क्रममा सांसद चौधरीले आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरूको नियमन, अनुगमन गरेको जनाउँदै स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्र सरकारबाट प्राप्त योजना र विकास निर्माणका कार्यहरूमा भए गरेका कार्य प्रगतिको आफूले अनुगमन र मूल्याङ्कन गरिरहेको पनि जनाइन् । साथै, उनले उक्त योजना र विकास निर्माणका कार्यहरूमा कुनै पनि ढिलाइ हुन नहुने जिकिर गरिन् ।
सांसद चौधरीसँगै प्रदेश सभा सदस्य रामदेव यादव, बर्जु गाउँपालिका उपप्रमुख नितु चौधरी लगायतले पनि गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका थिए । चौधरीले यसअघि इटहरी उपमहानगरपालिका वडा नं. ८ हरिजनवस्ती, सोनापुरको मुसहर बस्तीमा पनि न्यानो कपडा वितरण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण