मधेससँग ६१ रनले कर्णाली पराजित
शनिबार, ०६ माघ २०८०, १६ : ०५
काठमाडौँ । कर्णाली प्रदेश प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशसँग ६१ रनले पराजित भएको छ । २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ४१.१ ओभरमा टोली १ सय ७० रनमा समेटिएको हो ।
टोलीका लागि अर्जुन घर्तीले १०५ बलमा ५८ रनको पारी खेले । उनलाई दिनेश अधिकारीले ३३ रन तथा विपिन शाहीले ३१ रन बनाएर राम्रो साथ दिए पनि टोली जीतसम्म पुर्याउन सकेनन् । मधेस प्रदेशका लागि राजेश यादवले ३ तथा प्रदीप पासवानले दुई विकेट लिए ।
यसअघि कप्तान हरिशंकर साह र अनिल साहको अर्धशतकको मद्दतले मधेसले निर्धातिर ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो । दुवैले समान ५०–५० रन बनाए ।
त्यस्तै अविशेक तिवारीले ३४ रन बनाएका थिए । कर्णालीका लागि दीपेन्द्र रावतले ४ विकट लिए भने अनुज चनाराले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण