यो साता प्रतितोला ६०० ले घट्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ६०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्ममा आइपुग्दा १८ हजार रुपैयाँमा छापावाल सुनको कारोबार भएको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।
यो साताको आइतबार सुनको मूल्य बढेर सुरु भएको थियो । यस्तै, सोमबार र मंगलबार घटेर कारोबारमा आएको सुनको मूल्य विहीबार पनि घटेको महासंघले जनाएको छ । विहीबारको तुलनामा सामान्य अंकले बढेसँगै समग्रमा गत साताको तुलनामा ६०० रुपैयाँको गिरावटसँगै सुनको कारोबार रोकिएको हो ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो । जुन, यो साता १३ सय ९५ रुपैयाँमा आइपुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण