आहा रारा गोल्डकप : भारतीय टिम सहभागी नहुने, एपिएफ समेटियो
पोखरा । भारतीय टिम दिल्ली फुटबल क्लबले अन्तिम समयमा आफ्नो सहभागिता रद्ध गरेको छ । आयोजक सहारा क्लब पोखरालाई पत्र पठाउँदै प्रतियोगितामा सहभागी हुन नसकेकोमा क्षमा मागेको हो ।
भारतीय टिमले क्यान्सिल गरेपछि विभागीय सशस्त्र प्रहरीको एपिएफ प्रतियोगितामा समेटिएको छ । मंगलबारदेखि हुने प्रतियोगितामा १२ टिम सहभागी हुनेछन् ।
डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्रले प्रतिस्पर्धा गर्नेछ । यस्तै, चर्च ब्वाइज, एपिएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुनेछ । भुटानको पारो फुटबल क्लबले विदेशी टिमको प्रतिनिधित्व गर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार जित्नेछन् । २२ औँ संस्करणमा पनि सोही पुरस्कार थियो । यस्तै, सहभागी प्रत्येक टिमलाई प्रत्येक खेलको २० हजार र क्वाटर खेल्नेलाई ३० हजार तथा सेमिफाइनल खेल्नेलाई ५० हजार उपलब्ध गराइने आयोजकले जनाएको छ ।
क्लबले फुटबल टुर्नामेण्टबाट एकेडेमी चलाउँदै आएको छ । एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । २३ औँ प्रतियोगिता माघ ९ गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा हुने अध्यक्ष केशवराज बरालले जानकारी दिए । प्रतियोगिता सञ्चालनमा उद्योगपति तथा पूर्व सांसद स्व.सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई पोखरा महानगरले कार्यपालिकाबाटै निर्णय गरेर संरक्षकत्व दिएको छ । सहाराले विभिन्न देशमा शाखा खोलेको छ । उनीहरूकै सहयोगबाट प्रतियोगिता चल्दै आएको छ । एन्फाले प्रतियोगिता चलाउन मैदान निःशुल्क दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण