'नक्कली अभिभावक खडा गरेर विद्यालय व्यवस्थापन समिति कब्जा गर्ने अवस्था अन्त्य हुनुपर्छ'
काठमाडौँ । मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले हुने खानेले मात्रै अवसर पाउने खालको अवस्था अन्त्य गर्न सरकारलाई सुझाव दिएका छन् ।
अध्यक्ष दत्तले मधेसमा नक्कली अभिभावक खडा गरेर विद्यालय व्यवस्थापन समिति कब्जा गर्ने गलत अभ्यासको अन्त्य गर्न पनि सरकारलाई सचेत गराए ।
आइतबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले तराई–मधेसमा विद्यालय व्यवस्थापन समितिको चुनावमा मान्छे मार्नेसम्मको हर्कत हुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन दिन नहुने बताए । उनले पछाडि परेका समुदायलाई माथि उठाउने खालको शैक्षिक नीति मुलुकका आवश्यक भएको बताए ।
अध्यक्ष दत्तले मुलुकमा विद्यमान शैक्षिक नीति इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने खाँचो समेत औँल्याए ।
अध्यक्ष दत्तले संस्कृत शिक्षा मुलुकका मूल शिक्षा भएकाले त्यसको विकासमा पनि सरकारले जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण