यो वर्षको एसईई चैत १५ देखि २७ गतेसम्म हुने
काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।
बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले बताए । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए ।
बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको हो ।
यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् ।
यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण