मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

ठेकेदारको बचाउ गर्दै ज्योती मगरले भनिन्– ‘मह काट्नेले हात चाट्छ’

सोमबार, ०८ माघ २०८०, १२ : ४५
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । पछिल्लो समय मेला महोत्सवमा कलाकार उपस्थित गराउने काम केही व्यक्तिहरुले गरिरहेका छन् । आयोजकले पनि आफूलाई सजिलो हँने भन्दै ती ब्यक्तिलाई कलाकार संयोजकको रुपमा अगाडि सार्दै आएका छन् ।

मेला महोत्सवमा आयोजकले तोकेका कलाकार संयोजकबाट आफु प्रथामिकता नगरेको गुनासो पनि कलाकारको सुनिँदै आएको छ । कतिपयले कलाकार संयोजकलाई खाम कटुवा, नाम कटुवा र ठेकेदार समेत भन्दै गाली समेत गर्न थालेका छन् । कतिपयले ठेकेदारको कारण राम्रा कलाकारले भन्दा हाम्रा कलाकारले अवसर पाएको गुनासो गरेका छन् ।

गायिका ज्योती मगरले भने– ‘मह काट्ने हात चाड्छ भन्दै’ कलाकार संयोजको बचाउँ गरेकी छन् । उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले आयोजकसँग कति लियो भन्दा पनि तपाई दिने भनेको दियोकी दिएन तिर ध्यान दिन अनुरोध समेत गरेकी छन् । 

‘खाम कटुवा यानिकी कलाकार र आयोजकलाई कमिनिकेट गर्ने मिडियटर । जसले तपाईंलाई कति पैसामा कार्यक्रम गर्ने भनेर तय गर्छ । जस्तो कि २० हजार तपाईंलाई दिलाउन राजी भएपछि आयोजकसँग उसले ३०,४०, ५० लिएर खाम काटोस तपाईलाई मतलब हुनु हुँदैन’, ज्योतिले अगाडि भनेकी छन्– ‘मह काट्नेले हात चाट्छ । यदि बोलेको पैसा दिदैन भने अब्जेक्सन गर्नुस् ।’ 

सबैभन्दा पहिले आफ्नो सहमति बलियो बनाउन र अर्को कलाकार खतम छ । म त सारै राम्रो छु भन्न छोड्न समेत अनुरोध गरेकी छन् । उनले हजुरले भनेपछि भैहाल्छ नि भनेर लुरुक्क कार्यक्रमको मात्रै लोभ नगर्न समेत सुझाएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप