ठेकेदारको बचाउ गर्दै ज्योती मगरले भनिन्– ‘मह काट्नेले हात चाट्छ’
काठमाडौँ । पछिल्लो समय मेला महोत्सवमा कलाकार उपस्थित गराउने काम केही व्यक्तिहरुले गरिरहेका छन् । आयोजकले पनि आफूलाई सजिलो हँने भन्दै ती ब्यक्तिलाई कलाकार संयोजकको रुपमा अगाडि सार्दै आएका छन् ।
मेला महोत्सवमा आयोजकले तोकेका कलाकार संयोजकबाट आफु प्रथामिकता नगरेको गुनासो पनि कलाकारको सुनिँदै आएको छ । कतिपयले कलाकार संयोजकलाई खाम कटुवा, नाम कटुवा र ठेकेदार समेत भन्दै गाली समेत गर्न थालेका छन् । कतिपयले ठेकेदारको कारण राम्रा कलाकारले भन्दा हाम्रा कलाकारले अवसर पाएको गुनासो गरेका छन् ।
गायिका ज्योती मगरले भने– ‘मह काट्ने हात चाड्छ भन्दै’ कलाकार संयोजको बचाउँ गरेकी छन् । उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले आयोजकसँग कति लियो भन्दा पनि तपाई दिने भनेको दियोकी दिएन तिर ध्यान दिन अनुरोध समेत गरेकी छन् ।
‘खाम कटुवा यानिकी कलाकार र आयोजकलाई कमिनिकेट गर्ने मिडियटर । जसले तपाईंलाई कति पैसामा कार्यक्रम गर्ने भनेर तय गर्छ । जस्तो कि २० हजार तपाईंलाई दिलाउन राजी भएपछि आयोजकसँग उसले ३०,४०, ५० लिएर खाम काटोस तपाईलाई मतलब हुनु हुँदैन’, ज्योतिले अगाडि भनेकी छन्– ‘मह काट्नेले हात चाट्छ । यदि बोलेको पैसा दिदैन भने अब्जेक्सन गर्नुस् ।’
सबैभन्दा पहिले आफ्नो सहमति बलियो बनाउन र अर्को कलाकार खतम छ । म त सारै राम्रो छु भन्न छोड्न समेत अनुरोध गरेकी छन् । उनले हजुरले भनेपछि भैहाल्छ नि भनेर लुरुक्क कार्यक्रमको मात्रै लोभ नगर्न समेत सुझाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण