बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१० वर्ष जवान देखिने ‘सेक्रेट’, यस्ता छन् एन्टी एजिङ फूड

सोमबार, ०८ माघ २०८०, १४ : ४५
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । उमेर बढ्नु शरीरको प्राकृतिक प्रक्रिया हो । उमेर बढ्दै गर्दा हाम्रो छाला, तन्दरुस्ती, जीवनको स्तर आदिमा समेत बढ्दो उमेरको लक्षणहरु देखिन शुरु हुन्छ । 

तर हाम्रो शरीरमा यस्ता कयौँ न्यट्रिशनल चिज हुन्छन्, जसले बुढ्यौलीको प्रक्रियालाई प्रभावित गर्दछ । केही चिजले उमेरको असरलाई सुस्त बनाउन काम गर्छ भने केहीले उल्टै बढाउन मद्दत गर्छ ।

तर दैनिक खानपिनमा साधारण हेरफेर गरेर अनि भोजनमा केही कुरा सामेल उमेरको असरलाई माथ दिन सकिन्छ, १० वर्ष कान्छो देखिन सकिन्छ । हेल्थलाइनका अनुसार दैनिक भोजनमा प्रोटिन, हेल्दी फ्याट, एन्टिअक्सिडेन्टआदि पर्याप्त भएका खानेकुरा समावेश गर्ने हो भने यसले बढ्दो उमेरको लक्षण केही हदसम्म भएपनि कम गर्न मद्दत गर्न सक्छ । आजको यस लेखमा हामीहरु बुढ्यौलीको असर कम गर्न सघाउन सक्ने केही सिक्रेट फूडबारे कुराकानी गर्नेछौं ।

एक्‍स्‍ट्रा  भर्जिन अलिभ आयल

यो तेललाई विश्वको सबैभन्दा हेल्थी तेलको श्रेणीमा राखिएको छ । यसमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट अनि गुड फ्याट हुन्छ । यसले अक्सिडेटिभ क्षतिलाई निको पारेर हरेक खालको इन्फ्लेमेशनलाई ठीक गर्न सक्छ । यसले बुढ्यौली, चाउरीसहित कयौँ प्राणघातक रोगहरुबाट बचाउन मद्दत गर्न सक्छ ।

ग्रीन टी

ग्रीन टीमा एन्टिएजिङ प्रोपर्टिज हुन्छ । यसले चाउरीपनालाई पर धकेल्न काम गर्न सक्छ । अनुसन्धानका अनुसार यसले प्रदूषण आदिका कारण हुन सक्ने क्षतिबाट छालालाई बचाउन सक्छ । यसले फ्री र्याडिकल क्षतिलाई पनि निको पार्छ । यसबाहेक  पनि ग्रिन टीले कयौँ बिमारीबाट हामीलाई बचाउँछ ।

फ्याटी फिश

फ्याटी फिशमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसबाहेक यसमा प्रोटिन,, सेलिनियम पनि पाइन्छ । यी तत्वले स्किनलाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्दछ । यसमा कयौँ मिनरल पाइन्छ । यसले परावैजनी किरणले हुने क्षतिलाई पनि निको पार्न सक्छ ।

ताजा तरकारी

छालालाई स्वस्थ राख्न चाहनु हुन्छ, चाउरीपन, पिग्मेन्टेशन आदिबाट छालालाई बचाएर राख्न चाहनु हुन्छ भने भोजनमा गाजर, फर्सी, सखरखन्डा, हरिया सागपात र तरकारी आदिलाई समावेश गर्नुस् । यसमा पाइने भिटामिन, बिटा क्यारोटिन,  बिटामिन सी, एन्टिअक्सिडेन्ट आदिले स्किनलाई एजिङको असरबाट बचाउँछ ।

कोलाजेनः

यो यस्तो खालको प्रोटिन हो जुन छाला र जोर्नीमा सबैभन्दा धेरै पाइन्छ । यस्तोमा तपाईँले कोलाजेन पर्याप्त पाइने खानेकुरालाई भोजनमा समावेश गर्नु भयो भने जोर्नीको दुखाई, छालाको चाउरीपन आदि तीव्र गतिमा बढ्दैन । यसका लागि कुखुराको मासु, माछा, अन्डा, टोफु आदिलाई डाइटमा आवश्यक समावेश गर्नुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप