शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

केदार कार्की नेतृत्वमा बनेको सरकारको १०० दिन पुरा, यस्ता छन् उपलब्धि

सोमबार, ०८ माघ २०८०, १५ : १६
सोमबार, ०८ माघ २०८०

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । 

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी उनले उपलब्धि सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो उपलब्धिहरूमा शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ्चालन, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ११, पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रष्टसँग सम्झौता, प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चार वटा निजी अस्पतालबाट १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु, सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको हेटौंडा भेलाले संविधान कार्यान्वयनका लागि समन्वय र संघर्ष गर्ने निर्णय गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएपछि प्रधानमन्त्रीबाट १५ दिनभित्र प्रहरी समायोजन गर्ने घोषणा भएर प्रक्रिया अघि बढाइएको छ ।

साथै संविधानको पूर्ण कार्यान्वयनका लागि बनाउनु पर्ने कानुनको संघीय सरकारले सूची तयार गरी प्राथमिकता क्रम निर्धारण गरेको लगायत उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप