बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको युनानमा पहिरोमा परेर मर्नेको सङ्ख्या ८ पुग्यो

सोमबार, ०८ माघ २०८०, १७ : १०
सोमबार, ०८ माघ २०८०

युनान । चीनको दक्षिण पश्चिम युनान प्रान्तको जेनसिओङ काउन्टीमा आज बिहान गएको पहिरोमा परेर मर्नेको सङ्ख्या कम्तीमा ८ जना पुगेको छ । स्थानीय समयअनुसार बिहान ५ : ५१ बजे पहिरो गएको थियो । पहिरोमा ४७ जना पुरिएका थिए । युनानमा अहिले तापक्रम शून्यभन्दा तल छ । अहिले उद्धार कार्य जारी छ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङले पनि सबैको तत्काल उद्धार गर्न आदेश दिएका छन् । पहाडी क्षेत्र भएकोले युनानमा प्रायः पहिरो गइरहन्छ । पहिरो गएको स्थानमा १ हजारभन्दा धेरै उद्धारकर्मीहरूलाई खटाइएको छ । सो क्षेत्रका घरहरूबाट ५ सयभन्दा धेरैको उद्धार गरिएको छ ।

सन् २०१३ को जनवरीमा जेनसिओङ काउन्टीमा पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका  थिए । चीनका उपप्रधानमन्त्री झाङ गुओकिङले उद्धार टोलीको नेतृत्व गरेर घटनास्थलमा पुगेका छन् । पहिरोमा पुरिने अधिकांश मान्छे वृद्धवृद्धा वा बालबालिका भएको बताइएको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप