चीनको युनानमा पहिरोमा परेर मर्नेको सङ्ख्या ८ पुग्यो
युनान । चीनको दक्षिण पश्चिम युनान प्रान्तको जेनसिओङ काउन्टीमा आज बिहान गएको पहिरोमा परेर मर्नेको सङ्ख्या कम्तीमा ८ जना पुगेको छ । स्थानीय समयअनुसार बिहान ५ : ५१ बजे पहिरो गएको थियो । पहिरोमा ४७ जना पुरिएका थिए । युनानमा अहिले तापक्रम शून्यभन्दा तल छ । अहिले उद्धार कार्य जारी छ ।
चिनियाँ राष्ट्रपति सी जिनफिङले पनि सबैको तत्काल उद्धार गर्न आदेश दिएका छन् । पहाडी क्षेत्र भएकोले युनानमा प्रायः पहिरो गइरहन्छ । पहिरो गएको स्थानमा १ हजारभन्दा धेरै उद्धारकर्मीहरूलाई खटाइएको छ । सो क्षेत्रका घरहरूबाट ५ सयभन्दा धेरैको उद्धार गरिएको छ ।
सन् २०१३ को जनवरीमा जेनसिओङ काउन्टीमा पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका थिए । चीनका उपप्रधानमन्त्री झाङ गुओकिङले उद्धार टोलीको नेतृत्व गरेर घटनास्थलमा पुगेका छन् । पहिरोमा पुरिने अधिकांश मान्छे वृद्धवृद्धा वा बालबालिका भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण