वीरगञ्जस्थित राम मन्दिरमा पनि प्राण प्रतिष्ठा
वीरगञ्ज । सोमवार पर्सामा वृहत् शोभा तथा कलश यात्रा निकालिएको छ । वीरगञ्ज महानगरपालिकाको घडिअर्वास्थित श्री रामजानकी मन्दिरमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरेर प्राण प्रतिष्ठा गर्नका लागि वृहत् शोभा यात्रा आयोजना गरिएको हो ।
भारतको उत्तर प्रदेश राज्यस्थित भगवान् श्री रामको जन्मभूमि अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा भएको दिन पारेर पर्सामा पनि सो कार्यक्रमको आयोजना गरिएको हो ।
रामजानकी मन्दिरको प्राण प्रतिष्ठा पूर्व भएको शोभा तथा कलश यात्रामा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रमुख सचेतक प्रदीप यादवलगायतका नेता तथा सर्वसाधारणको सहभागिता थियो ।
शोभायात्रा पश्चात् मन्दिरमा प्राण प्रतिष्ठाका लागि गरिएको पूजामा सहभागिता जनाउँदै यादवले देश र देशवासीको कल्याणका लागि प्रार्थना गरे । नेता यादवले श्रीराम जानकी मन्दिरलाई अतिक्रमण मुक्त गराएर वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई एउटा ठूलो उपहार दिएको बताए । उनले अन्य मठमन्दिरहरू समेत माफियाहरूले कब्जा जमाएर राखेको बताउँदै सम्पूर्ण धार्मिक स्थललाई जनताको साझा सम्पत्ति बनाउनुपर्ने धारणा राखे ।
सोमवारै भारतको अयोध्यामा श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको थियो । सोही दिन वीरगञ्जमा पनि मन्दिरको प्राण प्रतिष्ठा गर्नु ऐतिहासिक कार्य भएको बताउँदै उनले यसको प्रवर्द्धन तथा संरक्षणका लागि सङ्घ र प्रदेश सरकारले समेत सहयोग गर्नुपर्ने बताए । श्रीराम जानकी मन्दिरलाई एउटा राम्रो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले सदनमा समेत आवाज उठाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण