अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठान भएको खुसिमा गढीमाई मन्दिरमा दीप प्रज्वलन
सोमबार, ०८ माघ २०८०, २३ : १०

बारा । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा साँझ एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको छ । मन्दिरमा साँझ दीप प्रज्वलन गरिएको पुजारी मङ्गल चौधरीले जानकारी दिए ।
सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा, र्याली, भजन मण्डली, किर्तन गरिएको थियो । आजका दिन गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए । उनले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताए ।
नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवको भनाइ थियो ।